May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकार निरीह नबनी सरकारमार्फत मात्र राहत दिने स्थिति बनाउँछौँ : प्रधानमन्त्री

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:५0
सरकार निरीह नबनी सरकारमार्फत मात्र राहत दिने स्थिति बनाउँछौँ : प्रधानमन्त्री
  • विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्ने  
  • उद्धार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशन
  • यस पटक राहतमा एकद्वार प्रणाली अपनाइने

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । जाजरकोट र रुकुम (पश्चिम) मा गएको विनाशकारी भूकम्पबारे छलफल गर्न आइतबार बसेको विपद् व्यवस्थापन जोखिम न्यूनीकरण  तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औँ बैठकमा प्रधानमन्त्रीले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशन दिए ।

“भूकम्पपछि सबै दल, संघीय सरकार र विभिन्न निकायहरू, प्रदेश सरकार र स्थानीय सरकारहरूले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दछु,” उनले भने, “हिजो हामीले खोज, उद्धार र उपचारको काम गर्नुपर्थ्यो, हामीले त्यो काम मूलभूत रूपमा पूरा गरेका छौँ । अब राहत र पुनर्स्थापनातर्फ केन्द्रित हुनुपर्छ ।” प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि राहतमा अधिकतम पहल गर्नुपर्ने बताए ।

“तीन दिन हामी राहतका निम्ति अधिकतम राम्रो गर्न पहल गरौँ । पुनर्स्थापना प्रभावकारी बनाउनुपर्छ । त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिन्छ,” उनले भने, “भइरहेको ऐन, विधि र संरचनाले पुनर्निर्माणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ । आउने दिनमा थप प्रभावकारी बनाउने गरी हामीले काम गरौँ ।”

उनले यस पटक राहतमा एकद्वार प्रणाली अपनाइने बताए । राहतमा हुने दुरुपयोग रोकिने प्रधानमन्त्रीको भनाइ छ । “यसपटक एकद्वार प्रणालीबाट जान्छौँ । जसलाई जे मन लाग्छ, त्यो गर्न दिँइँदैन । राहतमा हुने दुरुपयोग रोक्छौँ । केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत मात्र राहत दिने स्थिति बनाउँछौँ,” प्रधानमन्त्रीले भने, “कहिलेकाहीँ सरकार निरीह भएको विगतको अनुभव छ, यसपटक त्यसलाई छुट दिँदैनौं । यसपटक आवश्यकताका आधारमा सबै पीडितलाई समान व्यवहार गर्ने नीति लिन्छौँ ।”

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट