May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

काेशी २५ रनमै अल आउट, लगातार छैटाैँ हार

  • साझा परिवेश
  • आइतवार, माघ ७, २०८० १५:0८
काेशी २५ रनमै अल आउट, लगातार छैटाैँ हार

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार छैटौँ हार बेहोरेको छ । आज भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १ सय ४२ रनको फराकिलो अन्तरले हरायाे ।

गण्डकीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको कोशी १५ ओभर २ बलमा २५ रनमै अल आउट भयो । कोशीका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कोशीका कप्तान अङ्कित सुवेदीले सर्वाधिक ८ रन बनाए । गण्डकीका कप्तान विपिन खत्रीले ६ र सन्दीप पराजुलीले ३ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ४८ ओभर २ बलमा १ सय ६७ रनमा अल आउट भयो । गण्डकीका मुस्कान थापाले ६७ र कप्तान खत्रीले ४२ रन बनाए । कोशीका अभ्यास तिम्शिनाले ६ विकेट लिए ।

प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो । गण्डकीले ४ खेलमा २ अङ्क जोडेको छ ।

  • साझा परिवेश
  • आइतवार, माघ ७, २०८० १५:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।