sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाल र भारत दुवै देशले कर लगाउँदा आलु, प्याज र लसुनको मूल्य आकासियो

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:१८
नेपाल र भारत दुवै देशले कर लगाउँदा आलु, प्याज र लसुनको मूल्य आकासियो

वीरगन्ज । आलु, प्याज र लसुनको निकासीमा भारतले ४० प्रतिशत र नेपालले १५ प्रतिशतसम्म कर लगाउँदा त्यसको असर मूल्यमा परेको छ ।

वीरगञ्ज क्षेत्रमा दुई साताअघिसम्म प्रतिकिलो ३० रुपैयाँमा पाइने आलु अहिले ५० रुपैयाँ पुगेको छ भने प्रतिकिलो ५० रुपैयाँ पर्ने प्याजको मूल्य दोब्बरले बढेको छ । त्यस्तै प्रतिकिलो एक सय रुपैयाँ पर्ने लसुन तीन सय रुपैयाँ पुगेको छ । चाडबाडको मुखमा आएर व्यवसायीले मूल्य बढाएको उपभोक्ताको आरोप छ ।

वीरगन्जकी सुशीला कर्णले आलु, प्याज महँगिएको गुनासो गरिन् । उनले भनिन्, ‘छुइ नसक्ने महँगो भएको छ । आलु र प्याजमा त आगै लागेको छ ।’

व्यावसायीहरु भने आयातीत तरकारीमा भारत र नेपाल दुवैले बढाएको कर नै मूल्य वृद्धिको प्रमुख कारण भएको दाबी गर्छन् । भन्सार अधिकारीहरु पनि नेपाल र भारतको गरी झण्डै ५४ प्रतिशत करको भार थपिएपछि त्यसको असर तरकारीको बजार मूल्यमा परेको बताउँछन् ।

वीरगन्जका व्यवसायी राजेशकुमार गुप्ताले भने, ‘पहिला कर लाग्दैन थियो । अहिले भारत र नेपाल दुवैतिरका सरकारले कर बढाएर लगाउँदा भाउ बढेको हो ।’

वीरगन्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कर लगाइएको तर भारतले पनि आफ्नो कर नीति बेलाबेला परिवर्तन गरिरहँदा बजारमा आलु, प्याजलगायत तरकारीको मूल्यमा फरक परेको बताउँछन् ।

‘कृषि उत्पादन आलु, प्याजमा भ्याट लगाउनुको मुख्य उद्देश्य नै हाम्रो उत्पादनलाई सहयोग होस् भनेर हो । तर अहिले पछिल्लो पटक भारतले पनि आफ्नो उत्पादन, माग हेरेर कर व्यवस्था परिवर्तन गर्छ । भारतको ट्याक्स पोलेसी र हाम्रो ट्याक्स पोलेसी कहिँलेकाहीँ म्याच नहुँदा अलिअलि फरक देखिएको हो,’ उनले भने, ‘त्यो चाहिँ हामीले ट्याक्स पोलेसीबाटै करेक्सन गर्ने हो । अथवा हाम्रो आन्तरिक उत्पादन बढाएर करेक्सन गर्ने हो । तर आन्तरिक उत्पादनका लागि अरु विषय पनि जिम्मेवार हुन्छन् । जस्तो हाम्रो कृषिमा गरिने लगानी, पुँजीगत खर्चमा गर्ने लगानी जस्ता कुराहरुले पनि प्रभाव पारेको हुन्छ ।’

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid