काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपाल र ओमानबीचकाे खेल सुपर ओभरमा पुगेकाे छ ।
आज आइतवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्याे । अन्तिम बलमा २ रन चाहिएकाे अवस्थामा ओमानले १ रनमात्र ल्याएपछि खेल सुपर ओभरमा पुगेकाे हाे ।