May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

पाटन हस्पिटलका २ डाक्टरमाथि कुटपिट

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १३:३४
पाटन हस्पिटलका २ डाक्टरमाथि कुटपिट

ललितपुर । डाक्टरहरु कुटिने क्रम जारी छ । पाटन हस्पिटलका २ जना डाक्टरहरुमाथि कुटपिट भएको छ । दुई डाक्टरमाथि कुटपिट भएपछि चिकित्सकहरू यतिखेर आन्दोलित भएका छन् । अस्पतालको जेष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले ड्युटीमा रहेका दुई डाक्टरलाई आक्रमण गरेका हुन् ।

डाक्टरले सुई लगाएपछि दुई जना विरामीको मृत्यु भएको बताईएको छ । ओखलढुंगा घर भएका वर्ष ८६ का जनमाया राई र मकवानपुर घर भई पाटनढोका बस्ने ६८ कृष्ण बहादुर नगरकोटीको सुई लगाएपछि मृत्यू भएको भन्दै मृतकका आफन्तहरु आक्रोशित भएका छन् ।

उक्त घटना भने शनिबार साँझ ७ बजेतिर भएको घटना हो । आक्रोशित भएका बिरामीका आफन्तले इन्टरनल मेडिसिनका आवासीय डाक्टर र एक फेलोसिप डाक्टरलाई कुटपिट गरेको बताइएको छ । मृतकका आफन्तले सुईमा गलत औषधिको प्रयोगका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन ।

शनिबार साँझ ओखलढुंगाकी ८२ वर्षीया एक वृद्धाको समेत उपचारका क्रममा सोही वार्डमा मृत्यु भएको थियो। तर डाक्टरहरुले भने, डाक्टरमाथि आक्रमण गर्ने पक्षको उक्साहटमा लागेर उनीहरुले आफ्नो बिरामीलाई पनि गलत उपचार गरेको आरोप लगाएको बताएका छन ।

तर त्याहाँका प्रत्यक्षदर्शीहरुले भने गलत औषधिकै कारण मृत्यु भएको हुन सक्ने बताएका छन । किनकि सुई दिईसकेपछिनै छटपटाउदै मृत्यु भएको त्याहाँ रेका अन्य विरामि तथा प्रत्यक्षदर्शीले बताएका छन । त्यसकारण त्याहाँ उपचारारत अन्य बिरामी पनि त्रसित भएका छन । बाँकि उपचार यहिँ गरौकी अन्तै गरौ भन्ने अन्योलमा रहेका छन ।

डाक्टरहरुले भने कुटपिट गर्ने माथि सत्यतथ्य छानविन गर्न जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन समेत बुझाएका छन । आइतबार भने टिकट काटिसकेको कारण केहीबेर ओपीडी चले पनि सोमबारबाट बन्द गरिने डाक्टरहरूले विज्ञप्ति निकाल्दै चेतावनी दिएका छन ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।