April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

निश्चलले गरे ‘लुट ३’ बन्ने संकेत

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १४:१२
निश्चलले गरे ‘लुट ३’ बन्ने संकेत

संकटको अवस्थामा रहेको नेपाली फिल्म क्षेत्रलाई वैतरणी तारेको फिल्म हो, ‘लुट’ । यो फिल्मले घरेलू बजारको आकार र आयतन मात्र बढाएन, बलिउड फर्मुलाबाट ग्रस्त रहेको नेपाली फिल्मको कथावाचन शैलीमै नयाँ ट्रेन्ड सुरु गरिदियो । हिरोको परम्परागत मानक भत्किएर अभिनयमा दख्खल कलाकारहरु स्थापित हुन थाले । एक हिसाबले ‘लुट’ले नेपाली फिल्ममा नयाँ युग सुरु गर्‍यो ।

२०७३ सालमा यसको दोस्रो सिक्वेल बन्यो । तर, ‘लुट’को साख नै जोगाउन सकेन । फिल्म सफल भए पनि निर्देशक निश्चल बस्नेतले फर्मुलामा जोड दिँदा सशक्त रुपमा कथा भन्न सकेनन् । त्यसो त उनले ‘लुट २’मा आफू चुकेको कुरा स्वीकार गरिसकेका छन् । यसपछि ७ वर्ष विश्राम लिएका उनले कात्तिक २४ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘दिमाग खराब’बाट पुनरागमन गरेका छन् ।

अब उनले ‘लुट ३’ बन्ने प्रष्ट संकेत गरेका छन् । फिल्मको कथालाई एउटा विन्दूमा पुर्‍याउने उनको योजना छ । तर, यसका लागि उनी हतार गर्ने पक्षमा छैनन् । समय लिएरै फिल्म बनाउने उनको सोच छ । यद्यपि, तेस्रो सिक्वेलका लागि दिमागमा केही चिज भने फुरिसकेको र अब त्यसलाई अघि बढाउने उनले बताएका छन् । पैसा कमाइन्छ भनेर चाहिँ सिक्वेल नबनाउने निश्चलको कथन छ ।

एक पोडकास्टमा उनले भनेका छन्, ‘मलाई ‘लुट ३’ बनाउनु चाहिँ छ । तर, अलि समय लिएरै गर्छु । एक-दुईटा कारण छ, जसले गर्दा मलाई सिक्वेल मात्र गरेर बस्न मन छैन । त्यो बनाएँ भने पैसा कमाइन्छ भन्ने सोचले बनाए आलु हुन्छ । पैसा मात्र कमाइन्छ भन्ने सोच भयो भने त जतिबेला बनाए पनि हुन्छ नि ।’ दिमागमा फुरेको कथा स्क्रिप्टमा आउँदा चित्त बुझे मात्र ‘लुट ३’ बन्ने उनले बताए ।

‘त्यो कथालाई यहाँ पुर्‍याउने मन छ भन्ने चाहिँ लागिरहेकै छ । त्यसका लागि एउटा सानो चिज २/४ दिनअघि दिमागमा फुरेको छ । हेरौं त्यसलाई कसरी अगाडि लैजान सकिन्छ । चित्त बुझ्दो चिज नै अघि बढ्छ कि यो यति नै रैछ भनेर थन्काइन्छ थाहा छैन,’ उनले भने । उनी ‘दिमाग खराब’प्रति आत्मविश्वासी पनि देखिएका छन् । अबदेखि उनी एक वर्षमा एउटा फिल्म बनाउने योजनामा छन् ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।