sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फिल्म ‘चित्रा’को गीत ‘नजरैको हानाहान’ सार्वजनिक

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० २0:0९
फिल्म ‘चित्रा’को गीत ‘नजरैको हानाहान’ सार्वजनिक

काठमाडौं । राजनराज सिवाकोटी र मिलन नेवारको स्वरमा फिल्म ‘चित्रा’ले पहिलो गीत सार्वजनिक गरेको छ । तिहारलक्षित ‘नजरैको हानाहान’ गीतमा राजनराजकै शब्द तथा संगीत छ ।

सन्तोष अधिकारी फिल्म्सकफ ब्यानर एवं अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको यो फिल्मले तिहारको देउसीभैलोलाई लक्षित गर्दै गीत सार्वजनिक गरेको हो ।

प्रवीण सिंहको नृत्य निर्देशन रहेको गीतलाई पोखराका रमणीय स्थलमा छायांकन गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार सन्तोष अधिकारी र शुभेच्छा खड्का फिचर्ड छन् ।

घनश्याम लामिछाने निर्देशित फिल्मले बाबु र छोरीको सम्बन्धको कथालाई प्रस्तुत गरेको छ । फिल्मलाई पुस २७ गते नेपाल र अष्ट्रेलियामा रिलिज गर्ने तयारी छ । फिल्ममा मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतको अभिनय छ ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ । निर्माता अधिकारीको ‘डलर एयुडी’ नामक फिल्मको छायांकन तिहारपछि सुरु हुने जनाइएको छ । ‘घर’ र ‘आमा’ फिल्मका सहनिर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको अर्को फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० २0:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid