May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ

रक्सी चोरेको आरोपमा धनगढीमा एक युवकको हत्या

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० २0:२७
रक्सी चोरेको आरोपमा धनगढीमा एक युवकको हत्या

धनगढी- सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा मदिरा चोरी गरेको निहुँमा युवकको हत्या गरिएको छ।

धनगढी उपमहानगरपालिका– १६ बेहडाबाबा नजिकै बाँसको लाठी प्रहार गरेर सोही ठाउँका ३८ वर्षीय लालबहादुर थापाको हत्या गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले स्थानीय व्यापारी कृष्ण सेट्टीले बाँसको भाटाले प्रहार गरेपछि बेहोस भएका थापा मृत अवस्था अवस्थामा फेला परेको जानकारी दिए।

उनका अनुसार सोमवार दिउँसो मदिरा चोरी गरेको आरोपमा बाँसको भाटाले थापामाथि सेट्टीले कुटपिट गरेका थिए। कुटपिटबाट बेहोस भएका थापाको घरमा मृत्यु भएको हो।

बेहडाबाबामा पसल सञ्चालन गर्दै आएका सेट्टीले आफ्नो पसलबाट मदिरा चोरी गरेकाले थापामाथि कुटपिट गरेको स्वीकार गरेको प्रहरीको भनाइ रहेको छ।

सेट्टीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ भने मृतक थापाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० २0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।