काठमाडौं ।।
दोलखाबाट बरामद भएको ११ किलो सुन प्रकरणमा जोडिएकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दोलखाकी महिमा माझी रहेकी छन् ।उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए । उनलाई थप अनुसन्धानको लागि दोलखा पठाइएको छ । दोलखा प्रहरीले १० असोजमा ११ किलो सुनसहित चारजनालाई पक्राउ गरेको थियो । सो प्रकरणमा हालसम्म १४ जना पक्राउ परिसकेका छन् ।