May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ?

झापामा राति १० बजेसम्ममात्र देउसी भैलो खेल्न पाइने

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:५३
झापामा राति १० बजेसम्ममात्र देउसी भैलो खेल्न पाइने

बिर्तामोड । तिहारको अवसरमा खेलिने देउसी भैलो राति १० बजेसम्ममात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बुधबार एक शुभकामना विज्ञप्ति जारी गर्दै राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अन्य व्यक्ति, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी खुशियाली मनाउन भनिएको छ । राति १० बजेसम्ममात्र देउसी भैलो कार्यक्रम सञ्चालन गर्न, दिपावली तथा छठ मनाउने क्रममा पटका, आतिशबाजी जस्ता विष्फोटक तथा अति प्रज्वलनशिल पदार्थ आयात, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न प्रजिअ पोखरेलले अनुरोध गरेका छन् ।

त्यस्तै कानुनले निषेध गरिएका जुवा तास खेल्ने खेलाउने कार्यसमेत नगर्न नगराउन आग्रह गर्दै त्यस्तो गरेको पाइएमा कानुनी कारबाही हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट