sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आजदेखि सिनेमा हलमा ‘दिमाग खराब’

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १0:३७
आजदेखि सिनेमा हलमा ‘दिमाग खराब’

काठमाडौं– तिहारको अवसर पारेर आज कात्तिक २४ गतेदेखि बहुप्रतिक्षित नेपाली फिल्म ‘दिमाग खराब’ देशव्यापी प्रदर्शनमा आएको छ ।

निश्चल बस्नेतको निर्देशनमा बनेको यो फिल्मको बिहिवार साँझ ललितपुरमा प्रीमियर शो आयोजना गरिएको थियो, जहाँ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्मले यो फिल्म हेरेर मनोरञ्जन लिए ।

‘लुट’ फिल्मका निर्देशक बस्नेतले झण्डै सात वर्षपछि निर्देशन गरेको यो फिल्ममा नेपालको समसामयिक राजनीतिलाई मुख्य विषयवस्तु बनाइएको छ । खासगरि स्थानिय निकायमा सेवाग्राहीले झेल्नु परेका समस्यालाई फिल्ममा आकर्षक ढंगले चित्रण गरिएको छ ।

आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईदिँदा भूईँमान्छेले अपन्त्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ भन्ने विषय यो फिल्ममा उठान गरिएको छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको यो फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीता अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एउटा गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्ममा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

यो फिल्मलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् तथा मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid