May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

घरसँगै जले १५ महिने बालक

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:४४
घरसँगै जले १५ महिने बालक
  • घर आगलागीमा १५ महिने बालकको जलेर मृत्यु
  • दुई छोरा घरमा छोडेर शेर्पा दम्पती खेतीमा गएका बेला 
  • छोराले खेलाएको लाइटरबाट घरमा आगलागी

ओखलढुंगा ।। 

जिल्लाको मोलुङ गाउँपालिका–६ स्थित श्रीचौरमा भएको घर आगलागीमा १५ महिने बालकको जलेर मृत्यु भएको छ। बुधबार दिउँसो आगलागी हुँदा घरभित्र रहेका ती बालक घरसँगै जलेको स्थानीयले बताए।  मंसिरेमा कर्मा शेर्पाका तीन वर्षीय छोरा मिङ्मार शेर्पाले खेलाएको लाइटरबाट घरमा आगलागी भएको थियो। घरमा अभिभावक कोही थिएनन्। दुई छोरा घरमा छोडेर शेर्पा दम्पती खेतीमा गएका थिए।

घर जलेपछि आगो नियन्त्रणका क्रममा प्रहरीले जलेको शवको पहिचान हुन नसक्ने अवस्थामा फेला पारेर परीक्षणका लागि पठाएको छ। उक्त शव बालककै भएको र घरमा अन्य सजीव वस्तु नजलेको स्थानीयको भनाइ छ। प्रहरीले पनि बालक जलेको निष्कर्ष निकालेको छ। घरबाटै बालक बेपत्ता थिए। यद्यपि प्रहरीले ल्याब परीक्षण रिपोर्र्टका आधारमा मात्रै यकिन बताउन सकिने जनाएको छ। बच्चा हराएको, घटनस्थलमा मासुको जलेको डल्लो फेला परेकाले अनुमान गर्न सकिने अवस्था रहे पनि परीक्षणबाट मात्रै यकिन गर्न सकिने जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपकबहादुर केसीले बताए ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।