sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोरियाली कूटनीतिज्ञले नेपाल छाडे

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १५:३३
कोरियाली कूटनीतिज्ञले नेपाल छाडे
  • कोरियाका कूटनीतिज्ञ र कर्मचारीहरूले नेपाल छाडे
  • मन्दीका कारण उत्तर कोरियाले नेपालको दूतावास बन्द गर्ने निर्णय गर्यो 
  • भूराजनीतिक असर र सैन्य रणनीतिमा लगानी बढाउनुपर्ने

काठमाडौं ।।

दूतावास बन्द गर्ने निर्णयसँगै यहाँ रहेका उत्तर कोरियाका कूटनीतिज्ञ र कर्मचारीहरूले नेपाल छाडेका छन्। नेपालका लागि उत्तर कोरियाका राजदूत Jo Yong man सहित ७ जनाको टोलीले नेपाल छाडेको हो। केही दिन अगाडि दूतावासका अन्य दुई जनाले पनि नेपाल छाडेका थिए। शुक्रबार नेपाल छाड्नेहरूमा राजदूत जो योङ मेनसहित उप-नियोग प्रमुख, डीफेन्स अट्याची, काउन्सलरलगायत रहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ। शुक्रबार बिहान हिमालय एयरलाइन्सको जहाजबाट राजदूतसहितको टोली चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो। उनीहरू बेइजिङ हुँदै उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गरेका हुन्। नेपालबाट उत्तर कोरियाको दूतावास उठेसँगै अब भारतको नयाँ दिल्लीमा रहेको उसको दूतावासले नेपाल मामिलामा हेर्नेछ।

नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेन (Jo Yong man)ले गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी प्योङयाङले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको सुनाएका थिए। प्रधानमन्त्रीलाई जानकारी गराएसँगै नेपालस्थित उत्तर कोरियाली दूतावासले नेपाल छाड्ने तयारी सुरु गरेको थियो। ललितपुरको झम्सिखेलमा दूतावासको कार्यालय रहेको थियो। उत्तर कोरियाली दूतावास बन्द गर्ने निर्णयप्रति प्रधानमन्त्री दाहालले राजदूतसँग दुःख व्यक्त गरेका थिए। विश्व राजनीति परिवेश, भूराजनीतिक प्रभाव र विश्वव्यापीरूपमा बढदै गएको आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालको दूतावास बन्द गर्ने निर्णय गरेको हो।

नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा औपचारिकरूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यही वर्ष उत्तर कोरियाले नेपालमा आफ्नो दूतावास खोलेको थियो। दूतावास स्थापना हुनुअघि नै नेपाल र उत्तर कोरियाबीच सन् १९७० डिसेम्बर ११ मा Bilateral Trade agreement मा हस्ताक्षर भएको थियो। नेपालमा उत्तर कोरियाले आफ्नो दूतावास स्थापना गरेपनि नेपालले भने उत्तर कोरियामा आफ्नो दूतावास स्थापना गरेको छैन। चीनको बेइजिङमा रहेको नेपाली दूतावासले उत्तर कोरिया मामिलासमेत हेर्दै आएको छ।

संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण सन् २०१९ को डिसेम्बरमा नेपालमा उत्तर कोरियाले गर्दै आएको व्यवसायहरू बन्द भएका थिए। उत्तर कोरियाले काठमाडौं र लतिलपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको थियो। त्यस्तै तनहुँमा अस्पताल सञ्चालन गरेको थियो भने कञ्चनपुरको एक अस्पतालमा उत्तर कोरियाली चिकित्सकहरूले काम गर्दै आएका थिए। उत्तर कोरियाली दूतावासको संरक्षणमा सञ्चालन हुँदै आएका ती व्यवसायहरू राष्ट्रसंघको नाकाबन्दीका कारण बन्द भएपछि उसले आर्थिक संकट झेल्दै आएको उनीहरूका एक नेपाली व्यापारिक साझेदारले अन्नपूर्णलाई बताए। आर्थिक संकट, भूराजनीतिक असर र सैन्य रणनीतिमा लगानी बढाउनुपर्ने भएकाले उत्तर कोरियाले नेपालको दूतावास बन्द गर्ने निर्णय लिएको हुनसक्ने ती व्यापारिक साझेदारको भनाइ छ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १५:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid