May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते

जाजरकोट भूकम्पमा ६७ विद्यार्थीको मृत्यु, ७१ जना घाइते

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० 0८:३५
जाजरकोट भूकम्पमा ६७ विद्यार्थीको मृत्यु, ७१ जना घाइते

सुर्खेत- कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ६७ विद्यार्थीको मृत्यु भएको छ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार​भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको हो। सबैभन्दा धेरै रुकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको मन्त्रालयका शिक्षा अधिकृत बलबीर सुनारले जानकारी दिए।

३६ रुकुमपश्चिम र ३५ जाजरकोटका गरी ७१ विद्यार्थी घाइते भएको जनाइएको छ। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको उनले । भूकम्पमा परी जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुमपश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन्।

भूकम्पले ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ। मन्त्रालयका अनुसार भूकम्पबाट क्षति भएका जाजरकोट र रुकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत एक लाख ३३ हजार ६८७ जनामध्ये ४० हजार ११० विद्यार्थी प्रभावित भएका छन्।

सुनारका अनुसार जाजरकोटमा ७५ हजार ८५३ विद्यार्थीमध्ये २२ हजार ७५९ र रुकुमपश्चिममा ५७ हजार ८३४ विद्यार्थीमध्ये १७ हजार तीन सय ५१ जना भूकम्पबाट प्रभावित भएको सुनारले जानकारी दिए।

जाजरकोटमा ४२३ र रुकुम पश्चिममा ३१३ गरी ७३६ विद्यालयमध्ये २०८ वटा विद्यालय पूर्ण रूपमा क्षति भएका छन् भने ४१८ विद्यालय आंशिक रूपमा क्षति भएको जनाइएको छ।

जाजरकोटका धेरै विद्यालयमा क्षति भएको छ। जाजरकोटमा मात्रै १७३ पूर्ण रूपमा र ४०८ विद्यालय आंशिक रूपमा क्षति भएका छन् । त्यसैगरी रुकुमपश्चिममा ३५ पूर्ण र १० विद्यालय आंशिक रूपमा क्षति भएका छन्।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० 0८:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।