May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धेरै जलेको कारण ४ जनालाई काठमाडौं ल्याउँदै

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १0:५८
धेरै जलेको कारण ४ जनालाई काठमाडौं ल्याउँदै
  • सलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते
  • घाइतेका लागि अस्पतालसँग कोसी प्रदेश सरकारद्वारा समन्वय
  • ४ जनाको शरीर करिब ५० प्रतिशतभन्दा बढी जलेर अवस्था नाजुक 

विराटनगर ।।

मोरङको उर्लाबारी ७ स्थित सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते भएका छन् । आगोको लप्काले भेट्दा जलेर गम्भीर घाइते भएकाहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं लैजान पर्ने घाइतेका लागि अस्पतालसँग कोसी प्रदेश सरकारले समन्वय सुरु गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार लक्ष्मीपूजाको दिन (आइतबार) राति इटहरा रोडका दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो ।‌ आगो निभाउन खटिएका प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी र थप २४ स्थानीय जलेर घाइते भएको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रमुख देबेन्द्र दासले जानकारी दिए ।

घटनमा उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हवल्दार मनबहादुर घिसिङ, प्रहरी जवानहरू रितिकिरण राई र दिलकुमार आचार्य घाइते छन् । घाइतेमध्ये १२ जना बीएन्डसी अस्पताल बिर्तामोड,पाँच जना न्युरो आर्या विराटनगर,  सातजना विराट नर्सिङ होम विराटनगर, विराटनगरको रेडप्लस अस्पतालमा दुईजना,  लाइफलाइन अस्पताल दमकमा एकजना र गोदावरी अस्पताल उर्लाबारीमा एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आगोको लप्काले भेट्दा चारजनाको शरीर करिब ५० प्रतिशतभन्दा बढी जलेको छ । उनीहरूलाई कोसी प्रदेश सरकारको समन्वयमा थप उपचारका लागि काठमाडौं लग्ने तयारी थालिएको छ । मुख्यमन्त्री केदार कार्कीले घाइतेको उपचारमा कुनै समस्या हुन नदिन सरकारले अस्पतालहरूसँग समन्वय गरेको बताए । उनले भने, “चिकित्सकको सल्लाहअनुसार काठमाडौं लग्न पर्ने भए बर्न अस्पतालमा उपचार प्रबन्ध गर्न हामीले समन्वय गरिरहेको छौँ ।”

 

 

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट