December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

आपूर्ति बढेसँगै काठमाण्डौका थोक बजारमा तरकारीको भाउ सस्तियो

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १0:२0
आपूर्ति बढेसँगै काठमाण्डौका थोक बजारमा तरकारीको भाउ सस्तियो

काठमाण्डाै – हरियो तरकारीकाे आपूर्ति बढेसँगै थोक बजारमा भाउ सस्तो भएको छ । पछिल्लो डेढ हप्तामा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारीकाे भाउ दोब्बरसम्म सस्तिएको छ ।

खुद्रा पसलहरुमा भने तरकारीकाे भाउमा धेरै फरक नपरेको उपभोक्ताहरुको गुनासो छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो हप्तासम्म प्रतिकिलो ९० रुपैयाँ थोकमा कारोबार भएको स्थानीय काउली अहिले घटेर २० रुपैयाँमा झरेको छ ।

रातो आलु प्रतिकिलो ९० रुपैयाँबाट घटेर ६० रुपैयाँमा झरेको छ । त्यस्तै, मुला, बन्दा, सागलगायतका तरकारीकाे भाउ सस्तिएको छ । कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो २०/२२ दिनको बीचमा मौसमी तरकारीको भाउ धेरै सस्तो भएको बताउनुभयो ।

कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आगमन पुरानो लयमा फर्किएसँगै भाउ सस्तिएको बताउनुभयो । समितिका अनुसार अहिले स्थानीय उत्पादन हुने भएकाले तरकारीको माग पनि कम हुने गर्छ ।

बजारमा स्वदेशी उत्पादित तरकारी धेरै भएकाले भारतबाट हरिया तरकारी कम परिमाणमा आएको छ । अहिले आलु, प्याज गोलभेँडा कागतीलगायतका तरकारी भारतबाट आइरहेको छ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।