April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

अवैध हातहतियार नियन्त्रणमा सक्रिय प्रहरी : छ महिनामा १३४ जना पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० 0९:५0
अवैध हातहतियार नियन्त्रणमा सक्रिय प्रहरी : छ महिनामा १३४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका—७ घर भएका सुलभ भन्ने सुरज श्रेष्ठ १ थान पेस्तोल, ४ राउण्ड गोली र म्याग्जिनसहित पक्राउ परे । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका—१ लोकन्थलीबाट कटुवा पेस्तोल २ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित उदयपुरका जंगे माझी पक्राउ परे ।
मकवानपुर हेटौंडा उपमहानगरपालिका—१५ रातोमाटेबाट पेस्तोल १ थान र गोली १ थानसहित बाजुराका देव बहादुर थापा र नवलपरासी पूर्वका वीर बहादुर थापा मगर पक्राउ परे ।
श्रेष्ठ, माझी, थापा र थापा मगर प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय प्रहरीले देशभरबाट यसैगरी सयौँको संख्या अवैध हातहतियारसहित गैरकानूनी गतिविधि गर्नेहरूलाई पक्राउ गरेको छ । अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा प्रहरीले सक्रियता बढाएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा नै देशभर विभिन्न स्थानबाट अवैध हातहतियार सहित १ सय ३४ जना मानिस पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पक्राउ परेकामध्ये पुरूष १ सय ३० जना र महिला ४ जना छन् । तीमध्ये ६ जना विदेशी नागरिकसमेत छन । सो अवधिमा काठमाडौं उपत्यकाबाट १७ जना, कोशी प्रदेशबाट १८ जना, मधेश प्रदेशबाट २५ जना, बागमती प्रदेशबाट १३ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट २१ जना, कर्णाली प्रदेशबाट १२ जना र सुदूरपश्चिम प्रदेशबाट १४ जना पक्राउ परेका छन् । साथै अवैध हातहतियार अन्तर्गत जम्मा ९४ मुद्दा दर्ता भएका छन् ।
अवैध हातहतियार नियन्त्रणमा प्रहरी सक्रियताको कारण विभिन्न व्यक्तिहरूलाई हतियारसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए ।
प्रहरीको यस्तो अभियानले देशमा शान्ति सुरक्षा कायम राख्न सहज भएको उनको दाबी छ । आम नागरिकले शान्ति सुरक्षा, अमन चयन कायम भएको महसुस गरेका छन्, प्रवक्ता ढकाल भन्छन्, प्रहरीले सूचना संयन्त्रलाई बलियो बनाउँदै काम गरेको कारण हातहतियार कारोबारी र हतियार नियन्त्रण प्रभावकारी बनेको छ । सरोकारवाला निकायबीचको सहकार्यले यस कार्यमा थप मद्दत पुगेको छ ।
उनका अनुसार सो अवधिमा पेस्तोल ६ थान, रिभल्वर ४ थान, कटुवा पेस्तोल १७ थान, बन्दुक ६ थान, भरुवा बन्दुक ८१ थान र एयर गन २ थान गरी जम्मा १ सय १६ थान अवैध हतियार बरामद भएको छ । सो अवधिमा पेस्तोलको गोली ५३ राउण्ड, रिभल्वरको २२ राउण्ड, कटुवाको १७ राउण्ड, बाह्रबोरको १९ राउण्ड, बन्दुकको २० राउण्ड, भरूवाको ९३ राउण्ड र अन्य ३ राउण्ड गरी जम्मा २ सय २७ राउण्ड गोली बरामद भएको छ ।
बरामदमध्ये काठमाडौं उपत्यकाबाट ७ थान हतियार र १४ राउण्ड गोली, कोशी प्रदेशबाट १८ थान हतियार र १५ राउण्ड गोली, मधेश प्रदेशबाट १४ थान हतियार र ६३ राउण्ड गोली, बागमती प्रदेशबाट १८ थान हतियार र २१ राउण्ड गोली, गण्डकी प्रदेशबाट ९ थान हतियार, लुम्बिनी प्रदेशबाट २५ थान हतियार र ७१ राउण्ड गोली, कर्णाली प्रदेशबाट १३ थान हतियार र ६ राउण्ड गोली तथा सुदूरपश्चिम प्रदेशबाट १२ थान हतियार र ३७ राउण्ड गोली छन् । जसमा भरूवा बन्दुक र कटुवा पेस्तोलको संख्या अन्यको भन्दा बढी छ ।
तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारीमा यस्ता हातहतियार प्रयोग भएको देखिन्छ । अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरिनै विशेष अभियान चलाएको प्रहरी नायव महानिरीक्षक ढकालले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० 0९:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।