sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारत र अस्ट्रेलियाको उपाधि भिडन्त

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० ११:३३
भारत र अस्ट्रेलियाको उपाधि भिडन्त
  • विश्वकप उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्ने
  • भारतमा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा
  • अस्ट्रेलियाले फाइनलमा भारतसँगको भेट पक्का

काठमाडौं ।।

एकदिवसीय क्रिकेट विश्वकप उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्ने भएका छन्। भारतमा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो। बुधबार सम्पन्न खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराएर १२ वर्षपछि फाइनल पुगेको थियो। फाइनल नोभेम्बर १९ तारिखमा अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ। विश्वकपको १३औं संस्करणसम्म आइपुग्दा अस्ट्रेलिया सर्वाधिक सफल टोली हो। अस्ट्रेलियाले पाँचपल्ट प्रतियोगिताको उपाधि चुमेको छ। यस्तै भारत दुईपल्ट विजेता रहिसकेको छ। सन् २०११ को विश्वकप जितेयता भारतले शीर्ष २ को यात्रा तय गर्न सकेको थिएन। विश्वकपको अभागी टोली भनिने दक्षिण अफ्रिकाको यात्रा यस संस्करणमा पनि शीर्ष चारमै टुंगियो।

बिहीबार सम्पन्न खेलमा सन् २०१५ को विश्वविजेता अस्ट्रेलियालाई दक्षिण अफ्रिकाले दिएको २ सय १३ रनको लक्ष्य भेट्न ४७.२ ओभरसम्म संघर्ष गर्नुपर्‍यो। ७ विकेट गुमाएर लक्ष्य भेट्नुअघि अस्ट्रेलियाका लागि ट्रेभिस हेडले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ४८ बल खेल्दै ९ चौका र २ छकका प्रहार गरे। यस्तै डेभिड वार्नरले १ चौका र ६ छक्काको मद्दतले २९, स्टिभ स्मिथले ३० रन बनाए। लो स्कोरिङ खेलमा अस्ट्रेलियाको फिनिस सुस्त भएको थियो। अन्तिममा मिचेल स्टार्क र कप्तान प्याट कमिन्स क्रमशः १६ र १४ रनमा अभिजित रहँदै जित दिलाए। दक्षिण अफ्रिकाका लागि गेराल्ड कोइट्जी र टाब्रेइज सम्सीले २–२ तथा कगिसो रबाडा, एडेन मारक्रम र केशब महाराजाले १–१ विकेट लिए।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० ११:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid