April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ?

उपसभामुख इन्दिरा रानाको गुनासाे

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १२:१९
उपसभामुख इन्दिरा रानाको गुनासाे
  • नेपालमा जे गरे पनि नहुने समस्या देखिँदै
  • कोरोनाको बेलामा मैले खाना खुवाउँदा गाली खाएँ 
  • पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर फेरी गाली खाएँ 

काठमाण्डाै ।।

उपसभामुख इन्दिरा रानाले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरे पनि नहुने अवस्था देखिँदै गएको गुनासाे गर्नुभएकाे छ । आज शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयाे, ‘कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर विरोध गरे । मैले खाना खानेहरूलाई पनि बोलाएर त्यहाँ सफा गरेको छु । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली गरे । केही गर्दा नहुने के यो देश ?’ उपसभामुख रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताउनुभयाे । हरेक मानिसले घर बनाउँदै जाने हाे भने नेपालमा खेतीका लागि खाली जमिन बाँकी नरहने हुँदा अब ठूला महल बनाउने काम रोक्नुपर्ने उहाँले बताउनुभयाे । दुई/तीन जनाका लागि हरेकले घर बनाउँदै जाने हो भने भविष्यमा नेपाललाई खानका लागि खाद्यान्न अपुग हुने उहाँकाे भनाइ छ ।

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले पद सम्हाले लगत्तै काठमाण्डाैका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरूले नै असहयोग गरेकोप्रति रानाले दुःख व्यक्त गर्नुभयो । यस वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ । यस वर्ष पनि संयुक्त राष्ट्रसङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैटाैँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र पूर्णरूपमा सरसफाइको अवस्थामा पुर्‍याउनमा प्रगति भने सुस्त गतिमा छ । राष्ट्रसङ्घका अनुसार विश्वका साढे तीन अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।