sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

२३.६४ अंकले घट्यो नेप्से, कारोबार रकम ९२ करोडमा झर्यो 

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १६:0६
२३.६४ अंकले घट्यो नेप्से, कारोबार रकम ९२ करोडमा झर्यो 

काठमाडौं । सेयर बजारमा दोहोरा अंकको गिरावट भएको छ । नयाँ आर्थिक वर्ष २०८० सुरु भएपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ ।

साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २३.६४ अंकले गिरावट हुँदा १९०८.०४ अंकमा बन्द भएको छ । बजारको सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ ।
गत बुधबार नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर घटाउन निर्णय गर्दा नेप्सेमा ९२ अंकको उच्च वृद्धि भएको थियो । त्यसपछि बिहीबार नै २९ अंकले करेक्सन भएको नेप्से नयाँ वर्षको पहिलो दिन ३ गते आइतबार करिब ३ अंकको सामान्य गिरावट भएको थियो । सोमबार पनि नेप्से घट्दो क्रमममा नै देखिएको छ ।

नेप्सेमात्रै नभएर कारोबार रकम पनि घट्दो छ । गत बुधबार करिब २ अर्बको कारोबार भएको बजारमा बिहीबार पनि डेढ अर्ब माथिको कारोबार भएको थियो । आइतबार करिब १ अर्ब रहेको कारोबार रकम सोमबार ९२ करोड १ लाखमा झरेको छ । २७ हजार ४३७ कारोबारमा ३१ लाख ४४ हजार ५७३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७ करोड २ लाख रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ३४ लाख र एनआईशी एशिया बैंकको ३ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल २१८ कम्पनीको सेयर कारोबार भएकोमा १८८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै २३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७ कम्पनीको भने स्थिर छ। सोमबार कारोबार भएकामध्ये आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सामलिङ पावर कम्पनीको सेयरमूल्य पनि ४.९९ प्रतिशतले बढेको छ ।

उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ४.३४ प्रतिशत, उपकार लघुवित्तको ४.२१ प्रतिशत र कालिका लघुवित्तको सेयरमूल्य ४.१० प्रतिशतले गिरावट भएर बन्द भएको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid