sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गाजामा राहत साम‍ग्री पुर्याउनै मुस्किल, राष्ट्रसङ्घद्वारा ‍भोकमरीको चेतावनी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १८:२२
गाजामा राहत साम‍ग्री पुर्याउनै मुस्किल, राष्ट्रसङ्घद्वारा ‍भोकमरीको चेतावनी

संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा कुनै पनि राहतका सामग्री पुर्याउन नसकेको जनाएकाे छ । फोनसेवा नहुँदा कर्मचारीहरुसँग सम्पर्क गर्न र इन्धन अभावका कारण आज गाजामा कुनै पनि राहत सामग्री नलगेको राष्ट्रसङ्घले जनाएकाे हाे ।

राष्ट्रसङ्घको राहत एजेन्सीले फोन र इन्धनको सेवा प्राप्त भएमा राहत वितरणलाई नियमित गर्ने बताएको बीबीसीले जनाएको छ । विश्व खाद्य कार्यक्रमले खाद्यान्न र पानीको चरम अभाव रहेको गाजामा तत्कालै भोकमरीको सम्भावना रहेको चेतावनी दिएको छ ।

यसैबीच इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले गाजामा रहेको अल सिफा अस्पताल परिसरमा रहेको हमासको सुरुङ पत्ता लगाएर आक्रमण गरेको दाबी गरेको छ ।

आईडीएफका अनुसार अल सिफा अस्पताल परिरसमा मात्रै नभइ अन्य अस्पतालमुनि पनि त्यस प्रकारको सुरुङ भेटिएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासले बन्धक बनाएकाहरुलाई अस्पताल परिसरभित्रै राखेको गोप्य सूचना प्राप्त भए पनि त्यहाँको सुरुङ पत्ता लाग्नुपूर्व नै बन्धकहरूलाई अन्त सारिसकिएको देखिएको बताउनुभएको छ ।

इजरायली सुरक्षा फौजले हमासले बन्धक बनाएकामध्ये दुई जनाको शव भेटेको पनि बताएको छ । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेर झण्डै १२ सय मानिस मार्नुको साथै २ सय ४० जनालाई बन्धक बनाएर लगेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १८:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid