April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

रास्वपाको र्‍यापिड एक्सन टिम जनताका लागि

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० ११:४१
रास्वपाको र्‍यापिड एक्सन टिम जनताका लागि
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले र्‍यापिड एक्सन टिम गठन
  • विशुद्ध समाज हितका हेतु र्‍यापिड एक्सन टिम गठन
  • एक्सन टिम जनजीविकाका समस्या सहजीकरणका लागि खटिने

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले र्‍यापिड एक्सन टिम गठन गरेको छ । नागरिकका समस्या सहजीकरण गर्नका लागि उक्त टिम गठन गरिएको रास्वपाले जनाएको छ ।

“आम नेपाली जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरुलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले विशुद्ध समाज हितका हेतु र्‍यापिड एक्सन टिम गठन गरेको हो,” रास्वपाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको बेला पार्टीका अन्य संयन्त्र र र्‍यापिड एक्सन टिम जनजीविकाका समस्या सहजीकरणका लागि खटिने रास्वपाले जनाएको छ ।

रास्वपाले विज्ञप्तिमा भनेको छ, “नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि दिर्नेशानुसार र्‍यापिड एक्सन टिम, पार्टी पंक्ति तथा सम्बन्धित सबैमा सूचीत गराइएको जानकारी गराइन्छ ।”

 

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० ११:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट