मङ्सिर ७ गते सङ्घीय राजधानी काठमाडौँमा प्रदर्शनको तयारीमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सो प्रदर्शनमा सहभागी हुन आम नेपालीलाई आग्रह गरेको छ । सार्वजनिक अपील जारी गर्दै अभियानले प्रदर्शनमा सहभागि हुन आग्रह गरेको हो ।
अभियानले प्रदर्शनलाई रोक्न सरकारले नै दमन गर्ने रणनीति बनाएको आरोप लगाउँदै अनुगमनका लागि पत्रकार तथा नागरिक समाजलाई आग्रह पनि गरेको छ ।
मङ्सिर ७ गते नै एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपालले पनि काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेको छ ।