sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘यो नेपाली शीर उचाली…’मा विक्की कोशलको ‘खुकुरी नाच’

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:0१
‘यो नेपाली शीर उचाली…’मा विक्की कोशलको ‘खुकुरी नाच’

काठमाडौं– नेपाली राष्ट्रिय गीत ‘यो नेपाली शीर उचाली…’ नेपालमा मात्र होइन, नेपाली भाषी बसोबास गर्ने विश्वका धेरै देशमा चर्चित छ। नेपाली राष्ट्रियताको भावना बोकेको यो गीतमा बलिउड अभिनेता विक्की कौशलले पनि नृत्य प्रस्तुत गरेका छन्।

विक्कीले आफ्नो आगामी फिल्म ‘साम बहादुर’का लागि उक्त गीतमा नृत्य प्रस्तुत गरेका हुन्। लखनउमा भएको छायाङ्कनमा विक्कीले उक्त गीतमा खुकुरी नाच गरेका हुन्।

भारतीय सेनाको गोर्खा रेजिमेन्टका कार्यक्रमहरुमा बजाइने यो गीत विक्कीको फिल्म ‘साम बहादुर’मा पनि समावेश गरिएको छ। फिल्म ‘साम बहादुर’ भारतीय सेनाको गोर्खा रेजिमेन्टका पहिलो प्रमुख साम मनेकसवाको जीवनीमा आधारित छ।

लखनउमा भएको फिल्मको छायाङ्कनका क्रममा विक्कीले गीतमा खुकुरी नाच प्रस्तुत गरेका हुन्। जसमा विक्कीसँगै गोर्खा रेजिमेन्टका जवानहरु पनि नाचिरहेका देखिन्छ।

विक्कीले सामाजिक सञ्जालमा ‘जय मा काली, आयो गोर्खाली’ भन्दै गीतको अंश साझा गरेका छन्। फेसबूक तथा इन्स्टाको रिलमा पनि गीतको भिडियो सेयर गर्दै विक्कीले खुकुरी समात्दा आफूलाई गौरव महसुस भएको बताएका छन्।

फिल्ममा विक्कीले मनेकसवाकै भूमिका निर्वाह गरेका छन् । मेगना गुल्जार निर्देशक रहेको यो फिल्म डिसेम्बर १ मा प्रदर्शन हुने बताइएको छ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid