April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

गोली लागेर २ जनाको मृत्युको विरोधमा सुर्खेतमा प्रदर्शन

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १५:0७
गोली लागेर २ जनाको मृत्युको विरोधमा सुर्खेतमा प्रदर्शन
  • बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु
  • विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन
  • परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने 

सुर्खेत ।।

शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन भएको छ । युवा विद्रोह जनसंघर्ष समिति नामबाट वीरेन्द्रनगरमा प्रदर्शन, र्‍याली र चक्काजाम गरिएको छ । वीरेन्द्रनगरको एरिचोकबाट र्‍यालीसहित मंगलगढी हुँदै वीरेन्द्रचोक पुगेका युवाहरुले एक घण्टा चक्काजाम गरेका थिए । रत्न राजमार्ग अन्तर्गत एरिचोक-मंगलगढी चोकमा कुनैपनि सवारी साधन चल्न सकेका छैनन् । युवाहरुले सोही ठाउँमा शनिबार पनि विरोध प्रर्दशन गरेका थिए ।

आन्दोलनकारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । साथै, मृतक युवाहरूलाई शहीद घोषणा गर्नुपर्ने र मृतकका परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन् ।आन्दोलनकारीहरूले टायर बाल्ने र नाराबाजी पनि गरिरहेका छन् । आन्दोलन भइरहेको ठाउँमा बाक्लो मात्रामा प्रहरी तैनाथ गरिएको छ ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । सोही घटनालाई लिएर शनिबारदेखि वीरेन्द्रनगर पनि युवाहरुले प्रर्दशन गरिएका छन् ।पानीजहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षामा सहभागी भएका तर अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षाको पनि फारम भर्न जान पाउनुपर्ने माग गर्दै शुक्रबार बालकुमारीमा आन्दोलन गरेका थिए ।

 

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १५:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।