May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

प्रेस क्लबले भन्यो, मेचीनगर सञ्चारमैत्री भएन

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० १२:३0
प्रेस क्लबले भन्यो, मेचीनगर सञ्चारमैत्री भएन

 मेचीनगर, १३ असार ।

मेचीनगर नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् ।

पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले आज (बुधबार) मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको छ ।

यसअघि पनि प्रेस क्लबले पटक–पटक ध्यानाकर्षण पत्र बुझाएको थियो । सञ्चार क्षेत्रमा छुट्याइएको बजेट समेत प्रक्रिया पुग्दा पनि अहिलेसम्म उपलब्ध नगराइनुले मेचीनगर सञ्चारमैत्री बन्न नसकेको प्रेस क्लब मेचीनगरले ठहर गरेको छ ।

‘सञ्चार क्षेत्रको विकास तथा सम्वद्र्धन गर्नु स्थानीय सरकारको दायित्व हो,’ नगर प्रमुख बुढाथोकीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बजेट बनाउँदा सञ्चारलाई छुट्याउने तर भुक्तानी नदिने चलनले मेचीनगर सञ्चारमाध्यमप्रति अनुदार बनेको प्रष्ट हुन्छ ।’

अन्य पालिकाले स्थानीय सञ्चारमाध्यमलाई विगतदेखि नै प्रक्रिया पुर्याएर समयमै रमक भुक्तानी गर्दै आएका छन् ।

तर, मेचीनगर पालिकाले स्थानीय सञ्चारमाध्यमलाई पाउने लोककल्याणकारी विज्ञापन वापतको रकमसमेत खोसेको छ । मेचीनगरले गत असार १० गते नगर सभामार्फत बजेट ल्याएको छ । यो आर्थिक वर्ष सकिनै लाग्दासमेत मेचीनगरले सञ्चार माध्यमका विषयमा स्पष्ट धारणा बनाउन सकेको छैन । ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख बुढाथोकीले सञ्चारमाध्यमको विषयमा स्पष्ट धारणा बनाएर निष्कर्षमा पुग्ने बताए ।

उनले सञ्चारमाध्यमलाई दिइँदै आएको रकम उपलब्ध गराउने विषयमा छलफल गर्ने आश्वासन दिए ।

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० १२:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।