April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

तलब नपाएपछि महेन्द्र नारायण निधी अस्पतालका कर्मचारी आन्दोलित, सञ्चालकको घर घेराउ गर्ने

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १४:३९
तलब नपाएपछि महेन्द्र नारायण निधी अस्पतालका कर्मचारी आन्दोलित, सञ्चालकको घर घेराउ गर्ने

काठमाडौं- लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका कर्मचारीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। भोलि मंसिर ४ गतेदेखि लागू हुने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। कोभिडपछि तलब लगायतका सेवा सुविधा नपाएको उनीहरुले बताएका छन्।

४ गते महासंरक्षक, संरक्षक, अस्पताल व्यवस्थापन समिति सदस्य, महेन्द्र नारायण निधि सहकारीका सेयर धनीहरुलाई लिखित रुपमा मागपत्र बुझाउने, ५ गते अस्पताल प्रशासनमा तालाबन्दी तथा नाराबाजी गर्ने उनीहरुले बताएका छन्।

६ गते अस्पताल संचालकहरुको घर घेराउसहित नाराबाजी कार्यक्रम गर्ने कर्मचारी संघर्ष समितिले जनाएको छ। साथै पुरा नभएमा थप विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरिने बताइएको छ।

अस्पतालको संचालक समितिमा कृष्ण वस्ती, भानुभक्त ढकाल, कृष्ण अधिकारी, कमल ढकाल र ओम घर्ति मगर रहेका छन्।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।