April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज यूएईसँग भिड्दै नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो सुन बरामद मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी एमाले र माओवादीले कोशीमा पेश गरे संकल्प प्रस्ताव सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी

अण्डरपास र सिग्नेचर ब्रिज सहितको बन्दैछ काकरभिट्टा–लौकही सडक

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ५, २०७९ 0९:0४
अण्डरपास र सिग्नेचर ब्रिज सहितको बन्दैछ काकरभिट्टा–लौकही सडक

झापा, फागुन ४ । पुर्वपश्चिम राजमार्ग अन्तरगत पुर्वी खण्ड झापाको काकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर सडक आगामी साउन महिनादेखि निर्माण शुरु हुने भएको छ । बजार क्षेत्र बाहेक ४ लेनको हुने सडकमा शहरी क्षेत्र र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिने उक्त सडकको नक्शाकंन गर्ने प्राविधिक टोलीका उपप्रमुख प्रकाश उपाध्यायले बताउनु भयो ।

काकरभिट्टा लौकही सडकको निर्माणका बिषयमा सेतोपत्रसंग कुराकानी गर्दै उपाध्यायले भन्नुभयो,’ ‘ठेक्का परिसकेको छ । ठेक्का खोल्ने प्रक्रियामा नै भएकाले निर्माण कार्य शुरु हुन अझै तीन देखि चार महिना लाग्न सक्छ ।’ वहाँका अनुसार वातावरणीय प्रभाव मुल्याकंन प्रतिवेदनको अन्तिम चरणको काम भइरहेकाले ठेक्का खोल्न ढिलाई भएको हो । आगामी साउन देखि निर्माण कार्य नै शुरु हुने उपाध्यायले बताउनु भयो । ‘ठेक्का खोले पछि मात्रै निर्माणमा लाग्ने रकमको बारेमा यकिन गरेर भन्न सकिन्छ,’ उपाध्यायले भन्नुभयो, ‘अहिले नै भन्दा हतार हुन्छ तर पनि करीब ४० अरब रुपैया निर्माणको लागत लाग्ने अनुमान गर्न सकिन्छ ।’

निर्माण शुरु भएको तीन बर्षमा सडकको निर्माण कार्य सम्पन्न हुने अवधि तोकिएको सडक खण्डको पहिलो चरणमा काकरभिट्टादेखि ९६.५ किलोमिटर निर्माण सम्पन्न गरिनेछ । ‘त्यो भनेको इटहरी पश्चिममा रहेको भाटभटेनी सुपर मार्केटसम्म पहिलो चरणमा निर्माण हुने हो,’ उपाध्यायले भन्नुभयो ।

कस्तो बन्दैछ सडक ?
१) यो सडक मुलत चार लेनको बन्नेछ । तर मुख्य बजार क्षेत्र र शहरी क्षेत्रमा दुवै तर्फ ६.५ मिटरको स्पेश लेनका रुपमा अतिरिक्त सडक निर्माण हुनेछ भने घर जनसंख्या  भएको क्षेत्रमा पछि ६.५ मिटर नै पुग्ने गरी अहिलेलाई दुवै तर्फ ३.५ मिटर स्पेश लेन निर्माण हुनेछ ।

२) अहिले भएका पुलको दक्षीणतर्फबाट थप दुई लेनको पुल बन्ने छ । त्यसमध्ये तीन सय मिटरभन्दा लामो पुलहरु निन्दा, बिरिङ, कन्काई, रतुवा, बक्राहा र लोहान्द्रा खोलामा नयाँ डिजाईनको सिग्नेचर ब्रिज बन्नेछ । अहिले भईरहेका मध्ये अवधी पुगिसकेका १५ देखि २० वटा पुलहरु चार लेनकै हुनेगरी नयाँ निर्माण गरिनेछ ।

३) झापाको चारआली चोक र सुनसरीको इटहरी चोकमा अण्डार पास हुनेछ । जसमा पुर्वपश्चिम राजमार्ग माथिबाट र उत्तरदक्षीण राजमार्ग तलबाट हुनेछ । त्यस्तै झापाको बिर्तामोडमा मुख्य चोकमा जक्सन सुधार गरिएको हुनेछ भने बिर्तामोडको शुरुवात र अन्तिम बिन्दुमा गरी दुई वटा अण्डर पासको निर्माण हुनेछ । त्यस्तै अन्य मुख्य चोकहरु धुलाबारी, दमक लगायतका स्थानहरुमा जक्सन सुधार गरिनेछ ।

४) सबै शहरी क्षेत्रमा फुटपात, साइकल लेन र आकासे पुल निर्माण हुनेछ । केही स्थानहरुमा पैदल यात्रीका लागि मात्रै हुने गरी अण्डर पासको निर्माण गरिनेछ । सडकका मुख्य क्षेत्रहरुका ट्राफिक लाईटको व्यवस्था हुनेछ भने केही स्थानहरुमा बिना ट्राफिक लाईटको सडक सुरक्षाको व्यवस्था गरिनेछ ।

५) चारआली, पथरी, कानेपोखरीको जंगल क्षेत्रमा बाँदर बाहेकका वन्यजन्तुहरुका लागि सडक वारपार गर्न अण्डर पासको व्यवस्था गरिनेछ भने बाँदरका लागि मात्रै हुनेगरी सडक वारपार गर्न सजिलोका लागि सडकको माथिबाट बिषेश प्रकारको टनेल बनाइनेछ । त्यस्तै मोरङको बेतना सिमसार क्षेत्रमा कछुवालाई सडक वारपार गर्न बिषेश प्रकारको टनेल निर्माण हुनेछ ।

६) सडक निर्मण गर्दा भत्किने पुर्वपश्चिम राजमार्गसंग जोडिएका उत्तर दक्षिणका शाखा सडका कल्भर्टहरु समेत निर्माण गरिनेछ भने मुख्य सडकलाई सहज बनाउन केही नयाँ कल्र्भटहरु समेत निर्माण गरिनेछ ।

७) सडकको माथिल्लो भाग उच्च गुणस्तरिय अस्फल्ट कँक्रीटको बन्नेछ भने तल्लो भाग डिभिएम प्रविधिको उच्च गुणस्तरको हुनेछ । सडकको दुई लेनको बिच भागमा विभिन्न जातका बिरुवा रोप्नका लागि खाली ठाउँ छोडीएको हुनेछ । जसमा विभिन्न प्रजातीका बिरुवा रोपिनेछ र सडकको दुवै तर्फको किनारामा पनि रैथाने जातका फुलहरु रोपिनेछ । जसबाट सडक आकर्षक देखिनुका साथै वातावरण मैत्री हुनेछ ।

८) सडक निर्मण गर्दा आवश्यक केही स्थानहरुमा नदि नियन्त्रणको काम समेत गरिनेछ । सडकलाई जोखिम हुने क्षेत्रका नदिहरुमा बहाब नियन्त्रणका काम समेत गरिनेछ ।

यो सडकको डिजाईन २० बर्षका लागि गरिएको छ । त्यसभन्दा पछि त्यसलाई परिमार्जन गर्दा समेत धेरै समस्या नहुनेगरी व्यवस्थापन गरिएको छ भने ठेकेदार कम्पनीले तीन बर्षमा निर्माण कार्यसम्पन्न गर्नु पर्नेछ र थप एक बर्ष भएको निर्माणको मर्मत गर्ने समय हुनेछ । त्यस पछि पनि लगातार ५ बर्षको समय भित्र पनि कहिं कतै सडक भत्किए निर्माण कम्पनीले नै मर्मत सम्भार गर्नु पर्ने व्यवस्था बोलपत्र आव्हान गर्दा नै समावेश गरिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ५, २०७९ 0९:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।