काठमाडौं। स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ।
सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेसँगै आज छापावाल सुन तोलाको एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन एक लाख १५ हजार १५० रुपैयाँ निर्धारण भएको छ।
आइतबार छापावाल सुन एक लाख १५ हजार ५ सय र तेजावी सुन एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार सुनकाे चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ। आइतबार तोलामा १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ।