sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:४७
फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक

काठमाडौं । आगामी मंसीर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । सार्वजनिक गीतमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुंगाना फिचर्ड छन्

। ओएसआर डिजिटलबाट सार्वजनिक गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । रोमान्टिक भावको गीतमा कलाकारहरु दिल खोलेर नाँचेका छन् ।उदय सुब्बा निर्देशित फिल्ममा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ । फिल्मको एक गीतमा अभिनेता विल्सनविक्रम राईले पनि विशेष भुमिका निर्वाह गरेका छन् । मुस्ताङमा एक गीतको छायांकन गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

भिडियाे लिंक

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid