May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ?

भोटको जनतालाई नोटको मालिक बनाऔँ – महामन्त्री शर्मा

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १४:३0
भोटको जनतालाई नोटको मालिक बनाऔँ – महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रेमिट्यान्सबाट आउने १० प्रतिशत रकम जलविद्युत्मा लगानी गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले जनतालाई भोटको मात्र नभई नोटको पनि मालिक बनाउनुपर्ने बताए । ग्रामीण अर्थतन्त्रमा जलविद्युत्मा लगानी नै महत्त्वपूर्ण हुने उनको भनाइ छ ।वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत्मा जोड्न सके उनीहरू भोटको मात्र नभई नोटको पनि मालिक हुन सक्ने सांसद शर्माले बताए ।

“५० सालमा खाडीमा गएको बाबुले ६५ सालमा छोरा वा छोरीलाई दसैँको टीका लगाइदिँदै गर्दै -अब मेरा हातखुट्टा गले, तिमी नजाने ? भन्ने अवस्था बनाउने हो भने उनीहरूलाई हाइड्रोको मालिक बनाउने हो,” उनले भने, “माननीय अर्थमन्त्रीले १० प्रतिशत रकम मात्र हाइड्रोमा प्रेरित गरेर रेमिट्यान्सलाई हाइड्रोतर्फ आकर्षित गरे आगामी वर्ष झन्डै हजार अर्बबराबरको रेमिट्यान्स आउँदै गरेको प्रक्षेपण हामीसामु छ ।”
अरुण तेस्रो जलविद्युत् आयोजना राष्ट्रवादको नाराको चपेटामा परेको उनले उल्लेख गरे । राजनीतिक प्रवृत्तिले नै काममा ढिलासुस्ती भएको उनको आरोप छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १४:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट