May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

आठ महिनामा हराए ४ हजार बालबालिका, सबैभन्दा धेरै मधेशमा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २७, २०८० १३:३0
आठ महिनामा हराए ४ हजार बालबालिका, सबैभन्दा धेरै मधेशमा

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा चार हजारभन्दा बढी बालबालिका हराएका छन् । यसरी हराउने बालबालिकामा मधेश प्रदेशबाट सबैभन्दा धेरै रहेका छन् ।

बालबालिका खोजतलास समन्वय केन्द्रका बाल संरक्षण अधिकृत सन्तोषचन्द्र अधिकारीले सबैभन्दा बढी १० देखि १३ वर्षका बालक र १३ देखि १८ वर्षका बालिका हराउने गरेको जानकारी दिए । उनले चालु आव २०८०/८१ को फागुन मसान्तसम्म कुल चार हजार १४१ जना बालबालिका हराएको जानकारी दिए । उनका अनुसार पछिल्लो आठ महिनामा हराएका चार हजार १४२ जनामध्ये तीन हजार ५३५ जना फेला परेका छन् भने ६०७ जना बालबालिकाको खोजतलास जारी रहेको समन्वय केन्द्रले जनाएको छ ।

“मधेश प्रदेश सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश हो । त्यसैमा खुला सिमाना भएकाले धेरैजसो बालबालिका भारत छिर्ने र उतै हराउने गर्छन् । बालबालिका घर छाड्नुको मुख्य कारण पारिवारिक विखण्डन नै हो । परिवारमा बाबुआमा जाँडरक्सी खाने, झैझगडा गर्दा बालबालिकाले घर छाड्छन्,” बाल संरक्षण अधिकृत अधिकारीले भने । उनले परिवारका श्रीमान् वा श्रीमतीले दोस्रो विवाह गर्दासमेत घरमा बस्ने वातावरण नहुँदा बालबालिकाले घर छाड्ने गरेको बताए ।

वैदेशिक रोजगारीले विप्रेषण आयमा वृद्धि हुँदा परिवारको आर्थिक अवस्था राम्रो भए पनि नकारात्मक असर पनि देखिने गरेको चर्चा गर्दै उनले भने, “तर अर्कोतिर यसको नकारात्मक पाटो परिवार र समाजमा देखिने नदेखिने धेरै खालका असर छन् । वैदेशिक रोजगारीमा भएका परिवार छोराछोरी सहरमा पढाउन ल्याउँदा धेरै बालबालिका हराउने गरेका छन् ।”

सबैभन्दा बढी मधेशबाट

सरकारी तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा मधेश प्रदेशबाट १४२ बालक र ७४२ बालिका गरी कुल ८८४ जना हराएका छन् । कोशी प्रदेशबाट ५७० जना हराएकोमा ५१२ जना फेला परेका छन् भने ५८ जना अझै भेटिएका छैनन् । बागमती प्रदेशबाट कुल ६२९ जना हराएकोमा ६६४ फेला परेका छन् भने ६५ जना खोजीको सूचीमा छन् ।

यस्तै गण्डकी प्रदेशबाट ३०४ जनामध्ये २८१ फेला परिसकेका छन् भने २३ जना खोजीको सूचीमा छन् । लुम्बिनी प्रदेशबाट कुल ७७९ जना हराएकोमा ६६३ जना फेला परेका छन् भने जम्मा ११६ जना खोजतलासको सूचीमा छन् । कर्णाली प्रदेशबाट कुल २७० जना हराएकोमा २४३ जना फेला परेका छन् भने २७ जना खोजीको सूचीमा छन् । सुदूरपश्चिम प्रदेशबाट कुल ४०२ जना हराएकोमा ३६७ जना फेला परेका छन् भने ३५ जनाको खोजी कार्य जारी छ ।

सरकारी तथ्याङ्कमा हराउने बालबालिकाको सङ्ख्या धेरै देखिए पनि भेटिनेको सङ्ख्या पनि उत्तिकै देखिने गरेको छ । यसरी हराएर नभेटिएका बालबालिका घरेलु कामदार, होटल रेस्टुरेन्ट, गाडीमा सहचालकलगायत पेसामा लाग्ने गरेको अधिकृत अधिकारीले बताए । आजको गोखरपत्र दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २७, २०८० १३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।