काठमाडौँ ।।
बागमती प्रदेश र चीनको च्याङ्सी प्रान्तबीच मैत्री सम्बन्ध कायम भएको छ । आज राजधानीमा आयोजित कार्यक्रममा औपचारिक रुपमा सम्बन्ध राखिएको जानकारी दिइएको छ । औपचारिक सम्बन्धसँगै दुई प्रदेश र प्रान्तबीच मैत्रीपूर्ण सहयोगको आशय पत्र, च्याङ्सी मैत्री संघ र नेपाल–चीन व्यापार संघबीच मैत्रीपूर्ण सहयोगको आशयपत्रमा हस्ताक्षर भएको छ । च्याङकाङशान नगर र महालक्ष्मी नगरपालिकाबीच मैत्रीपूर्ण सहयोग आशयपत्र, गान्झाउ नगर र पोखरा महानगरबीच आधुनिक कृषि र पर्यटन विकासमा सहकार्य गर्ने आशयपत्रमा पनि सोही समारोहमा हस्ताक्षर गरिएको छ ।