May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो

सेयर बजारको ओरालो यात्रा रोकियो

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १६:२0
सेयर बजारको ओरालो यात्रा रोकियो
  • २०७ अंक घटेपछि सेयर बजारको ओरालो यात्रा थामियो 
  • म्युचुअल फण्डका लगानीकर्ताले भने बुधबार धेरै गुमाए

काठमाडौं ।।

लगातार २०७ अंक घटेपछि सेयर बजारको ओरालो यात्रा थामिएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ४१-०६ अंकले बढेको छ । बजार २०६०-९१ विन्दुमा उक्लियो । यो २-०३ प्रतिशतको वृद्धिदर हो । बुधबार अन्तिम समयमा आएर बजार दोहोरो अंकले बढेको हो । बुधबार वित्त, होटल र पर्यटन, जीवन बीमा, व्यापारसहितका उपसूचकमा राम्रो वृद्धि देखियो ।

म्युचुअल फण्डका लगानीकर्ताले भने बुधबार धेरै गुमाए । कुल २६५ धितोपत्रको ७७ हजार ५०१ कारोबारबाट ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच भएको छ ।

कुल १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको कारोबार बुधबार भएको छ । हिमालयन लघुवित्त, सुपर मादी हाइड्रो, मनकामना स्मार्ट, मनकामना हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

सेञ्चुरी डिभेञ्चर, लक्ष्मी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, स्वरोजगार लघुवित्तसहितका धितोपत्रका लगानीकर्ताले घेरै गुमाएमा छन् । आईएमई लाइफ इन्स्यारेन्स कम्पनी, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडियासहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।