May 24, 2025 | शनिबार, जेष्ठ १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १0:२२
हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने
  • हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति
  • ‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध
  • हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने

काठमाडौं ।।

इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको छ । प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई आज सरकारले मन्जुरी दिएको छ । यसअनुसार ५० बन्धक (महिला र बच्चासमेत)चार दिनभित्र रिहा हुनेछन् । यसक्रममा लडाइ रोकिने छ ।’ बन्धक बनाइएकाहरुलाई रिहा गरिसकेपछि भने हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने इजरायलले जनाएको छ ।

हमासले मानवीय सहायताका लागि युद्ध विराममा सहमति भएको जनाएको छ । यस सहमतिका लागि मध्यस्थता गरेको भन्दै हमासले कतार र इजिप्टप्रति आभार व्यक्त गरेको छ । सोमबारदेखि नै इजरायल सरकार र हमास युद्धविरामका लागि सहमति नजिक रहेका समाचारहरु सार्वजनिक भएका थिए । युद्धविराम र बन्दी रिहाइ सम्बन्धी प्रस्ताव इजरायलको मन्त्रिपरिषदबाट पारित भएपछि हमासको कब्जामा रहेका करिब दुई सय जनाको रिहाइ प्रक्रिया सुरु हुने बताइएको छ । यसैअन्तर्गत पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका ५० जना रिहा हुनेछन् । नेपाली युवक विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेको इजरायल सरकारले जनाएको छ । तर उनको अवस्था थाहा हुन सकेको छैन ।

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट