May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

हामि भागेको हैन, बलात्कार गर्छु भनेपछि अस्तित्व जोगाउन बाध्य भयौं : पार्टी प्यालेस काण्ड

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १६:२१
हामि भागेको हैन, बलात्कार गर्छु भनेपछि अस्तित्व जोगाउन बाध्य भयौं : पार्टी प्यालेस काण्ड
  • लखेटिएकी एक महिलाले आफूहरु अस्तित्व जोगाउन भागेको बताइन्
  • सहकारी र लघुवित्तको पीडा सहन नसकेर सडकमा आएको गुनासो 
  • हामीले ऋण खाएको हो तर गास, बास र कपासको व्यवस्था सरकारले गर्नुपर्ने नि  

काठमाडौं ।।

गएराति भक्तपुरको एक पार्टी प्यालेसबाट लखेटिएकी एक महिलाले आफूहरु अस्तित्व जोगाउन भागेको बताएकी छन् । दुर्गा प्रसाईं अभियानले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् । मोरङबाट आएकी सिर्जना राईले आफूहरु सहकारी र लघुवित्तको पीडा सहन नसकेर सडकमा आएको बताएकी छन् ।

“हामी लघुवित्त र सहकारी पीडित भएर सडकमा उभिएका हौँ,” उनले भने, “हामीले यसअघि कांग्रेस र एमालेलाई पनि भोट हालेका हौँ । हामीले ऋण खाएको हो तर गास, बास र कपासको व्यवस्था सरकारले गर्नुपर्दैन ? ” उनले आफूहरु आन्दोलनमा सहभागी हुन आएर एक पार्टी प्यालेसमा बस्दा युवा संघका कार्यकर्ता आएर ‘ए ! लुगा लाउन पाउँदैनस् भनेर हटायो । हामी भागेर हिड्यौँ । डरले भागेको होइन । हामी हाम्रो अस्तित्व जोगाउन भागेका हौँ ।”

उनले आफूहरुको सलमा मोबाइल लुकाएर प्रशासनमा खबर गरेपछिमात्रै प्रहरी आइपुगेको बताइन् । “हामीले तिनीहरुको हर्कत देख्यौँ,” उनले भने, “हाम्रो नेपाल हो । हामीजस्ता महिला यो काठमाडौंमा बस्न पाइँदैन ? बलात्कार गर्छु भन्ने ? एक रात बस्न देउ न भन्दा पनि हुँदैन भागिहाल् भन्ने ? हामी हाम्रो अस्तित्व जोगाउन भागेका हौँ । हामी अस्तित्व जोगाउन आएका हौँ । एउटा चेलीको मुटु दुखेको छ ।”

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १६:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट