November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

तीनकुने र बल्खु क्षेत्रमा सवारी आवागमन असहज बन्दै

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० ११:३५
तीनकुने र बल्खु क्षेत्रमा सवारी आवागमन असहज बन्दै
  • तीनुकने र बल्खु क्षेत्रमा सवारी आवागमनमा समस्या 
  • सवारी आवागमन असहज हुने ट्राफिक प्रहरीको जानकारी 
  • उपत्यका भित्रिने सवारीसाधनले भने केही समय रोकिनु पर्ने अवस्था

काठमाडौं ।।

ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यकाको तीनुकने र बल्खु क्षेत्रमा सवारी आवागमन असहज हुने बताएको छ । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छुट्टाछुट्टै विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेकोले ती क्षेत्रमा सवारी आवागमन असहज हुने ट्राफिक प्रहरीले बताएको हो । “काठमाडौं उपत्यकाको तीनकुने र बल्खु क्षेत्रमा आज विभिन्न कार्यक्रम हुने भएका छन् ।

जसकारण कार्यक्रमस्थल आसपासको क्षेत्रमा हुन सक्ने सवारी आवागमनको असहजतालाई मध्यनजर गरी अत्यावश्यक कामका लागि मात्र सवारीसाधन लिएर आवातजावत गर्न चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ,” ट्राफिक प्रहरीले भनेको छ । अहिले काठमाडौं उपत्यकाको सवारी आवागमन सामान्य रहेको छ । सवारीसाधनको संख्या बढेका कारण नागढुंगा नाका हुँदै उपत्यका भित्रिने सवारीसाधनले भने केही समय रोकिनु पर्ने अवस्था रहेको छ ।

 

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्