sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुस्ताङमा ६ जना गाएब, खोजीकार्य जारी 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १0:२0
मुस्ताङमा ६ जना गाएब, खोजीकार्य जारी 
  • मुस्ताङमा २ विदेशीसहित ४ पदयात्री सम्पर्कविहीन
  • जिल्ला प्रहरी कार्यालयद्वारा जानकारी 
  • विदेशीसहित गाईडहरुको खोजीकार्य जारी

जोमसोम।।

मुस्ताङमा २ विदेशी नागरिकसहित ४ जना पदयात्री सम्पर्कविहीन रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। डोल्पाबाट मुस्ताङ जिल्ला प्रवेश गरेको भन्ने सूचना प्राप्त भए पनि उक्त पदयात्रीहरु सम्पर्कमा आउन नसकेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए। ईटालीयन नागरिक ४५ वर्षीया एरियाना रेजिस र स्वीजल्याण्डका नागरिक ५५  वर्षीय मार्को ग्याजोला सम्पर्कविहीन रहेका सूचना मुस्ताङ प्रहरीलाई बिहिबार साँझ ५ बजे प्राप्त भएको प्रहरी निरीक्षक विकले बताए। प्रहरी निरीक्षक विकका अनुसार सम्पर्कविहीन २ जना विदेशी नागरिकसहित ४ जना पथप्रदर्शक छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्यवमा हाईअल्टिच्यूड हेली मार्फत बिहिबार साँझ खोज तलास गरे पनि उनीहरु रहेको स्थान पत्ता लाग्न नसकेको बताइएको छ। मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेको कमाण्डमा जिल्ला प्रहरी कार्यालयको टोलीले हेली मार्फत सर्च अप्रेशन गरेको तर  सम्पर्कविहिन रहेका पर्यटकहरु रहेको स्थान पत्ता लाग्न नसकेको प्रहरी निरीक्षक विकको भनाइ छ। प्रहरी स्रोतलाई डोल्पाबाट मुस्ताङ प्रवेश गरेको भन्ने सूचना प्राप्त भएको र पर्यटकको जिपिएस  लोकेशन ट्यापिङ गर्दा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी खोला नजिक देखिएको छ। प्रहरीले अहिले पनि बेपत्ता विदेशीसहित गाईडहरुको खोजीकार्य जारी रहेको जनाएको छ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid