May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ?

भिषण आन्दोलनका लागि तयार हुँदै ओली

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १५:४५
भिषण आन्दोलनका लागि तयार हुँदै ओली
  • ओलीले युवा संघ पार्टीको काहिँलो छोरा/छोरी भएको बताए
  • तीनकुनेमा गरेको प्रदर्शनका लागि धन्यवाद दिए
  • युवा संघ जतिबेला पनि आन्दोलनका लागि तयार हुनुपर्ने ओलीको भनाइ

काठमाडौं ।।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवा संघ पार्टीको काहिँलो छोरा/छोरी भएको बताएका छन् । शुक्रबार युवा संघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले बिहीबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका लागि धन्यवाद दिए । “राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन् । युवा संघले रातो टोपी लगाएर मैदानमा उत्रिएकोमा धन्यवाद दिन चाहन्छु,” उनले भने, “देश संकटमा परेको बेला हामी यहाँ छौँ भनेर काँध थाप्यो, धन्यवाद ।”

युवा संघले जतिबेला पनि आन्दोलनका लागि तयार हुनुपर्ने ओलीको भनाइ छ । ओलीले भने, “प्रतिक्रियावादीहरूले चुनावमा भेटौं भन्छन् भने ठिक छ,” ओलीले भने, “सडकमा भेटौं भने मिति तोकेर भिडन्तका लागि युवा संघ तयार छ ।” उनले युवासंघले एक झलक देखाएको भन्दै सिंगो एमाले उत्रियो भने के हुन्छ भन्दै प्रश्न गरे । “यो त एमालेको काहिँलो छोरा/छोरी हो । युवा संघले एक झलक देखाएको छ । सिंगो एमाले उत्रियो भने के हुन्छ,” उनले प्रश्न गरे ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।