July 5, 2025 | शनिबार, असार २२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सिफलमा दुर्गा प्रसाईंको भव्य प्रदर्शन

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १६:३३
सिफलमा दुर्गा प्रसाईंको भव्य प्रदर्शन
  • सिफलमा राजावादी र दुर्गा प्रसाईंका समर्थकले प्रदर्शन गरे
  • हिन्दू राज्य र राजतन्त्रको पक्षमा नारा पनि लगाए
  • राजावादीलाई तीनकुनेमा प्रदर्शन गर्न नदिई सिफलमा चै दिइयो 

काठमाडौं 

काठमाडौंस्थित सिफलमा राजावादी र दुर्गा प्रसाईंका समर्थकले प्रदर्शन गरेका छन्। शनिबार दिँउसो सिफलमा भएको प्रदर्शनमा सहभागी हुन प्रसाईँ भक्तपुरस्थित निवासबाट प्रहरीको स्कटिङमा आएका हुन्। प्रदर्शनकारीले हिन्दू राज्य र राजतन्त्रको पक्षमा नारा लगाएका छन्। उनीहरुको प्रदर्शनलाई लक्षित गर्दै उक्त क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ। बिहीबार प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बल्खुमा प्रदर्शन गरेपछि शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेको थियो।

बल्खुमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि सरकार तीनकुन क्षेत्रमा शुक्रबारको प्रदर्शन रोक्ने प्रयास गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले शुक्रबार दिनभरमा गैरकानुनी हर्कत गर्न खोज्ने तथा अनुमतिबिना नाराजुलुस गर्न खोज्ने २६६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। आज शनिबार पनि उक्त क्षेत्रमा बाक्लो संख्यामा प्रहरी उपस्थित भएपनि सर्वसाधरणलाई धरपकड गरेको छैन।

आवातजावत गर्नेहरुमाथि प्रहरीले टाढैबाट निगरानी बढाएको छ। दुर्गा प्रसाईंको समूहले शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शनमा आएकालाई जडिबुटी, बालकुमारी र तीनकुन आसपासबाट फर्काउनुका साथ पक्राउ गरेको थियो। जसका कारण हिजो र आज पनि तीनकुने वरपरको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन भएको छ। अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेकाले सुरक्षाका कारण देखाउँदै राजावादी समर्थकलाई तीनकुनेमा प्रदर्शन गर्न नदिई सिफलमा दिइएको हो।

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट