sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मनकामना केबलकार २६ औँ वर्षमा प्रवेश

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १७:0४
मनकामना केबलकार २६ औँ वर्षमा प्रवेश
  • मनकामना केबलकार २६ वर्षमा प्रवेश
  • हाल एनालग प्रविधिमार्फत सञ्चालन हुँदै
  • स्तरोन्नति गर्न करिब ४५ करोडको लगानी हुने

काठमाडौं ।।

मनकामना केबलकार २६ वर्षमा प्रवेश गरेको छ । मनकामना दर्शन प्रालिले २५ वर्ष पहिले आफ्नो सेवा सुरु गरेको थियो । केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिने सञ्चालक राजेशबाबु श्रेष्ठले बताए । सञ्चालक श्रेष्ठका अनुसार कम्पनीको व्यावसायिक योजनाअनुसार यही वर्षभित्र एक अर्ब रुपैयाँ लागतमा डिजिटल प्रविधिमा स्तरोन्नति गरिनेछ । हाल एनालग प्रविधिमार्फत सञ्चालन हुँदै आएको केबलकारको स्पेयर पार्ट्स पाउन कठिनाइ भएकाले डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको हो ।

उनका अनुसार अष्ट्रियाको डिप्पेलमेयर कम्पनीको डी-कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति गरिनेछ । जसमा पहिलो चरणको काम सम्पन्न भइसकेको छ, बाँकी चरणको कामहरु आगामी भदौ, असोज महिनासम्म सम्पन्न गरिने श्रेष्ठले जानकारी दिए । “हाल पहिलो चरणको काम सम्पन्न भइसकेको छ । भदौ-असोजसम्म सम्पन्न हुन्छ । यसको लागि समान मनाइसेकेका छौँ, केही सामान आइसकेको छ,” श्रेष्ठले भने, “अबको चरणमा कन्ट्रोल सिस्टम, कम्युनिकेसन केबलको साथै केबलकारको केबुल लठ्ठा फेरिनेछ ।” स्तरोन्नति गर्न करिब ४५ करोडको लगानी हुनेछ ।
यस्तै, सन् २०२५ देखि सुरु हुने गरी मनकामना केबलकार हाताभित्र नै रिसोर्ट निमार्ण कार्य भइरहेको छ । ४० कोठाको रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा, सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुने श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार रिसोर्टको लागत ५५ करोड रुपैयाँ हुनेछ । यो रिसोर्ट सञ्चालनमा आएसँगै मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्य वनाउने लक्ष्य रहेको सञ्चालक श्रेष्ठले बताए । सुरुआती वर्षमा तीन-चार लाख यात्रु सेवा सुरु गरेकोमा हाल वार्षिक ११ लाख यात्रु पुगेको छ । यस केबलकारमार्फत गोरखास्थित मनकामना मन्दिरमा दर्शन गर्ने भक्तजन जान्छन् ।  यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको श्रेष्ठ बताउँछन् ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १७:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid