sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भूत मेलामा श्रद्धालुहरुको घुइँचो

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १0:२८
भूत मेलामा श्रद्धालुहरुको घुइँचो
  • कमला नदीमा आज भूत मेला
  • स्नान गर्ने श्रद्धालुहरुको घुइँचो
  • नदीको शुद्ध पानी आ-आफ्नो घर लैजाने चलन 

जनकपुरधाम ।।

धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा आज भूत मेला लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने यस भूत मेलामा  एकाबिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । आइतबार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिराहा र धनुषाको सिमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायतका घाट पुगेका छन् ।

कमलामा कात्तिक शुक्ल पूर्णिमाको दिन भूत बैताल, देवी देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने बटेश्वर गाउँपालिकाका धामी मनोज महतोले बताए । धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कात्ति शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको सर्वसाधारण बताउँछन् । यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन नयाँ-नयाँ धामी झाँक्री बन्ने तथा तन्त्रमन्त्रमा सिद्ध पाउने जनविश्वास रहेको छ ।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ-आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् । सर्वसाधारणहरु पनि आजका दिन कमला स्नान गरे दु:ख कलेस पापबाट मुक्त हुने विश्वास रहेको छ । अहिले कमला नदीमा लाखौंलाखको संख्यमा श्रद्धालुहरुको भीड लागेको छ । यो मेला भर्न भारतबाट समेत ट्याक्टर, बस, जीप जस्ता सवारीसाधनमा श्रद्धालुहरु आउने गर्दछन् ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १0:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid