May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

मकवानपुरमा बाघ खोज्न जाँदा बाघले मारेको मान्छे फेला

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १२:५0
मकवानपुरमा बाघ खोज्न जाँदा बाघले मारेको मान्छे फेला
  • आक्रमण गर्ने बाघ खोज्न हात्ती लिएर निस्किए
  • बाघले नै मारेको अवस्थामा अर्को व्यक्ति फेला 
  • निकुञ्जको टोलीले गएराति बाघ नियन्त्रणमा खटियो 

हेटौँडा।।

मकवानपुरमा मानिसलाई आक्रमण गर्ने बाघ खोज्न हात्ती लिएर निस्किएको प्रहरीसहितको टोलीले बाघले नै मारेको अवस्थामा अर्को व्यक्ति फेला पारेको छ। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा बाघको आक्रमणबाट चितवन राप्ती नगरपालिका वडा नम्बर-१ दुबिचौर बस्ने ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको थियो। पौडेलको मृत्युपश्चात् त्यस बाघलाई खोज्ने क्रममा अर्को मानिसको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

बाघ खोज्न चितवन राष्ट्रिय निकुञ्ज सुरक्षा पोस्ट सुनाचुरीबाट नेपाली सेनाको टोली र चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुनाचुरी रेन्ज पोस्टबाट खटिएको टोलीले ४ वटा हात्ती प्रयोग गरी बाघको खोजी गर्ने क्रममा कम्मरमुनिको भाग र कम्मरभन्दा माथि हड्डी मात्र रहेको पुरुषको शव फेला पारेको उनले बताए। मुचुल्कापश्चात् पोस्टमार्टमका लागि शव हेटौँडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै निकुञ्जको टोलीले गएराति बाघ नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवनतर्फ लगेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

 

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट