May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लोगो र लेटरहेडको दुरुपयोग भएकोमा एनआरएनएको आपत्ति

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १३:३२
लोगो र लेटरहेडको दुरुपयोग भएकोमा एनआरएनएको आपत्ति
  • अनधिकृत रूपमा संस्थाको लोगो र लेटरहेड प्रयोग भएकोमा आपत्ति
  • सामाजिक सञ्जालमा देखिएकोप्रति सचेत हुन आग्रह
  • ‘संस्थाको लेटरहेड र लोगो अनधिकृत रूपमा प्रयोग

काठमाडौँ।।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अनधिकृत रूपमा संस्थाको लोगो र लेटरहेड प्रयोग भएको भन्दै आपत्ति जनाएको छ। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाले यस्तो कार्य नगर्न आग्रह भनेको हो। आज (मंगलबार) संस्थाले कुनै पत्रकार सम्मेलनको आयोजना नगरेको जानकारी गराउँदै अनधिकृत रूपमा संस्थाको लोगो र लेटरहेड प्रयोग गरी पत्रकार सम्मेलन हुने भन्ने व्यहोराको सूचना सामाजिक सञ्जालमा देखिएकोप्रति संस्थाले सचेत हुन आग्रह गरेको छ।अक्टोबरमा भएको संघको निर्वाचनमा उपविजेता भएको समूहले आफूहरूलाई पदाधिकारी भनी स्वघोषणा गरेर संस्थाको गरिमामा आँच आउने काम गरेको भन्दै यस्ता अनधिकृत गतिविधिबाट सचेत रहन संस्थाले आग्रह गरेको छ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संस्थाको लेटरहेड र लोगो अनधिकृत रूपमा प्रयोग गरी भ्रम सिर्जना गर्ने गतिविधिको घोर भत्सर्ना गर्दै अब उप्रान्त त्यस्ता गतिविधि नगर्न सम्बन्धित समूहलाई आग्रह गर्दछौँ।’ गत  अक्टोबरमा भएको एनआरएनएको निर्वाचन परिणामलाई लिएर असन्तुष्ट आर.के. शर्माको समूहले समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ। यसै सन्दर्भमा आज (मंगलबार) शर्मा अध्यक्ष रहेको समूहले पत्रकार सम्मेलनको आयोजना गरेको छ।

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?