sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

च्याङ्ग्रा बेच्न खाद्यले नै निकाल्यो लिलामीको सूचना

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १0:३९
च्याङ्ग्रा बेच्न खाद्यले नै निकाल्यो लिलामीको सूचना
  • च्याङ्ग्रा बिकाउन लिलामीको सूचना
  • च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलाम गर्ने 
  • च्याङ्ग्राको मूल्य १ हजार २५० रुपैयाँ प्रतिकिलो

काठमाडौं ।।

दशैं–तिहारका च्याङ्ग्रा नबिकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लिलामीको सूचना निकालेको छ ।उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका र च्याङ्ग्रा किनेको थियो । खसी–बोका बिक्री भए पनि च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलाम गर्न लागेको हो ।

दशैंमा कम्पनीले च्याङ्ग्राको मूल्य १ हजार २५० रुपैयाँ प्रतिकिलो तोकेको थियो । च्याङ्ग्रामा ग्राहकको आकर्षण नदेखिएपछि भाउ घटाउँदा पनि नबिकेको कम्पनीले जनाएको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खोरमा हाल ९० वटा च्याङ्ग्रा बाँकी छन् । ती च्याङ्ग्राको औसत तौल ३० देखि ३५ किलोको बीचमा रहेको बताइन्छ ।

स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउपत्र पेस गर्न सक्ने छन् । बोलपत्र धरौटी रकम ७५ हजार रुपैयाँ र न्यूनतम कबोल दर प्रतिकेजी १ हजार १२५ रुपैयाँ तोकिएको छ ।दरभाउ पत्र पेश गर्ने म्याद आगामी पुस १ दिउँसो १२ बजेसम्म छ । दरभाउ पत्र सोही दिन दिउँसो २ बजे खोलिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid