May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

इजरायलका नेपालीको शोकमा मंगलबार राष्ट्रिय बिदा

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १६:५३
इजरायलका नेपालीको शोकमा मंगलबार राष्ट्रिय बिदा
  • नेपालीहरूको शोकमा राष्ट्रिय बिदा दिने निर्णय
  • भोलि (मंगलबार) सरकारले राष्ट्रिय शोक बिदा दिने निर्णय
  • ज्यान गुमाएका नेपालीहरूको परिवारलाई १० लाख दिने
  • विद्यार्थीका लिडर विपिन सुवेदीसँग भिडिओ वार्ता 
  • ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन

काठमाडौँ ।। 

सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा राष्ट्रिय बिदा दिने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।  बैठकमा सहभागी एक मन्त्रीका अनुसार भोलि (मंगलबार) सरकारले राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको हो।  त्यस्तै, इजरायलमा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई १० लाख दिने निर्णय पनि भएको ती मन्त्रीले जानकारी दिए।

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थीका लिडर विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए।सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भइसकेको छ। ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन्।  राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन छन्।

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १६:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।