April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

गृहसचिव टेकनारायणलाई तारिखमा रिहा गर्न माग

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १६:0८
गृहसचिव टेकनारायणलाई तारिखमा रिहा गर्न माग

काठमाडौं ।।

  • शंकाको भरमा मुद्दा चलाइएको
  • ‘मान्छे मारेको केस होइन,
  • जलासलाई शंका लाग्छ भने सन्दीप लामिछानेलाई झै शर्तसहित छाड्न माग

कानून व्यवसायीहरुले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई शंकाको भरमा मुद्दा चलाइएको भन्दै सामान्य तारिखमा रिहा गर्न माग गरेका छन् ।

अरु आरोपितहरुले बयानका क्रममा टेकनारायणले कागजात फेरबदल गर्नसक्छ भनेर नाम पोलेको भरमा मुद्दा चलेको भन्दै पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलेशंकाको भरमा कसैलाई पनि थुन्न नहुने बताए ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सोमबार भएको बहसमा पूर्व महान्यायाधिवक्ता श्रेष्ठले भने, ‘ऊ गृहसचिव भइहालेछ, उसलाई थाह नभएको पनि केही कुरा हुन्छ र भनेझै गरी मुद्दा चलाइयो । शंका लागेको कुरा पनि प्रमाण हुन्छ र ?’

सरकारको सचिव भइसकेको व्यक्ति भागेर जाने वा प्रमाण लोप गर्ने अवस्था नहुने भन्दै उनले धरौटी मागे हुने बताए । ‘मान्छे मारेको केस होइन, केही होइन’ उनले भने, ‘थुना र धरौटी पनि होइन, अझ बोलाएको बखत आउने गरी छाड्ने आदेश गरे हुन्छ ।’

इजलासलाई शंका लाग्छ भने सन्दीप लामिछानेलाई झै शर्तसहित छाड्ने सक्ने भन्दै उनले उच्च अदालतबाट भएको आदेश सर्वोच्चबाट सदर भएकोतर्फ ध्यानाकर्षण गराए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १६:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।