April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

झापाको कमल गाउपालिकाको विद्यालय हातामा राजनीतिक कार्यक्रममा रोक

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १९:४१
झापाको कमल गाउपालिकाको विद्यालय हातामा राजनीतिक कार्यक्रममा रोक

दमक । कमल गाउँपालिकाले पालिका भित्रका विद्यालयमा राजनीतिक दलसंग सम्बन्धित कार्यक्रमहरु गर्न रोक लगाएको छ ।

पालिकाको शिक्षा समितिको आज सम्पन्न बैठकले विद्यालय हाता भित्र राजनीतिक दलका गतिविधिमा निषेध लगायत विभिन्न शैक्षिक विषयमा छ बुँदे निर्णय गरिएको शिक्षा समितिका संयोजक समेत रहेका पालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।

बैठकको निर्णय अनुसार भौतिक पूर्वाधार निर्माण तथा मर्मततर्फ सिसी क्यामेरा जडान,सबै बिद्यालयमा एकैखालको रङरोगन,शौचालय निर्माण तथा मर्मत,छानो मर्मत तथा कक्षा कोठा मर्मत लगायतको लागि बिनियोजन भएको बजेट प्राथमिकरण गरि प्राबिधिक लागत अनुमान प्रतिवेदन पेश गर्ने , बिद्यालयको बिद्युत तथा खानेपानीको सामान्य मर्मत गर्न लाग्ने खर्चलाई मितव्यायी बनाउन बिद्यालय कर्मचारीहरुलाइ आधारभुत तालिम दिने उल्लेख छ ।

यसैगरि, आधारभुत तह र माध्यमिक तहका लागि दुईजना घुम्ती नृत्य प्रशिक्षकको छनौट गर्ने, मदन आश्रित क्याम्पसका लागि शिक्षक व्यवस्थापन अनुदान निरन्तरता दिन कार्यपालिकालाई अनुरोध गर्ने र नीजि बिद्यालयहरुमा अध्यापन गर्ने शिक्षकहरुलाई पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम गर्ने लगायतका निर्णय गरिएको उल्लेख छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १९:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।