April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

नेपाली क्रिकेट टोलीको बिदाइ गरियो

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १0:२९
नेपाली क्रिकेट टोलीको बिदाइ गरियो
  • चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई  बिदाइ
  • एसिया कप खेलेको टिमलाई केही परिवर्तन गरी एसियन गेम्सका लागि नयाँ टोली बनाइयो 

काठमाडौं ।।

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई  बिदाइ गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका बीच बिदाइ गर्दै नेपाली टोलीलाई शुभकामना दिएका हुन् । क्यानको नयाँ कार्यसमिति शनिबार मात्रै चयन भएको थियो । नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

यसअघि एसिया कप खेलेको टिमलाई केही परिवर्तन गरी एसियन गेम्सका लागि नयाँ टोली बनाइएको छ । विकेटकिपर विनोद भण्डारी, अलराउण्डर विवेककुमार यादव र फास्ट बलर अविनाश बोहराले टिममा पुनरागमन गरेका छन् । एसियाडका लागि नेपाली टिममा विनोद र आसिफ दुई विकेटकिपर छन् । कुशल भुर्तेल, रोहित पौडेल र सन्दीप जोरा अनुभवी ब्याटर छन् भने दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र विवेक यादव अलराउण्डर छन् ।

सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा फास्ट बलर तथा सन्दीप लामिछाने स्पिनरको भूमिका छन् ।   अभ्यासका क्रममा उनलाई चोट लागेपछि शल्क्रिया गरिएको छ ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट