May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

ओलीलाई ९ वर्षीय बालकको पत्र……

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १५:0७
ओलीलाई ९ वर्षीय बालकको पत्र……
  • विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन ओलीलाई आग्रह
  • स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह
  •  ९ वर्षीय बाबुले एउटा सानो चिट्ठी ओलीको हातमा थमाए  

काठमाडौं ।।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेका छन् । अध्यक्ष ओलीले गुर्भाकोट नगरपालिका–१०, भेडाबारीका किशोर पौडेलले स्वेदशमै रोजगारीको वातावरण बनाउन सल्लाह दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।  “हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो । हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए । स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए ।

मैले सोचे– हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी–बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नुपर्छ । ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौँ,” ओलीले फेसबुकमा लेखेका छन्, “सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन् । यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ ।” एमाले अहिले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १५:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट